• ट्रेण्डिङ्ग :
पैसाको बार्गेनिङ गर्न अरुण चौधरीलाई पक्राउ गरियो : सांसद शर्मा

पैसाको बार्गेनिङ गर्न अरुण चौधरीलाई पक्राउ गरियो : सांसद शर्मा


  • 3.7K
    SHARES
    • माघ १९, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.8K Views

    पैसाको बार्गेनिङ गर्न अरुण चौधरीलाई पक्राउ गरियो : सांसद शर्मा

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले प्रधानमन्त्री र गृहमन्त्रीले पैसाको बार्गेनिङका लागि उद्योगी अरुण चौधरीलाई पक्राउ गरेको बताएका छन्।

    images

     

    शुक्रवार नेपाली कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद शर्माले वर्तमान सरकारले उद्योगी तथा ठूला घरानालाई पैसाको बार्गेनिङ गर्नका लागि पक्राउ गर्ने गरेको दावी गरे। 

     

    उनले उद्योगीहरुलाई गिरफ्तार गर्ने र हतोत्साही बनाई ‘अण्डरटेबल’ पैसाको बार्गेनिङ गर्ने गरिएको भन्दै सोही डिजाइनमा उद्योगी चौधरीलाई गिरफ्तार गरिएको बताए। 

     

    उनले चौधरीमाथि कुनै कानूनी प्रश्न भए अदालतमा जान सकिने भन्दै केवल व्यापारीलाई आतंकित बनाउनका लागि मात्रै यस्तो गर्न नहुनेमा जोड दिए।

     

    उनले चौधरीलाई सरकारले गिरफ्तार गरेकोप्रति भत्र्सना समेत गरे।


    तेस्रो आँखा