• ट्रेण्डिङ्ग :
अमेरिकाको फ्लोरिडामा सानो विमान दुर्घटना, ३ जनाको मृत्यु

अमेरिकाको फ्लोरिडामा सानो विमान दुर्घटना, ३ जनाको मृत्यु


  • 8.4K
    SHARES
    • माघ २०, २०८० शनिबार
    • २ बर्षs अघि
    • 12.9K Views

    अमेरिकाको फ्लोरिडामा सानो विमान दुर्घटना, ३ जनाको मृत्यु

    तेस्रोआँख डेस्क : अमेरिकाको फ्लोरिडामा एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ । एक प्रत्यक्षदर्शीका अनुसार विमान शुक्रवार गल्फ ग्राउण्ड नजिकै एउटा 'मोवाईल होम' मा भएको थियो ! जहाँ १० जना मानिसहरु थिए ।

    images

    गल्फ खेलेपछि उनिहरु नजिकै एउटी महिलाले संचालन गरेको 'मोवाइल होम' मा वियरको आनन्द लिन गएका थिए । विमान त्यहि मोवाइल होममा खसेको थियो । जहाँ विमानको पायलटसँगै जमिनमा भएका अरु दुई जनाको पनि मृत्यु भएको छ । प्रत्यक्षदर्शीले स्थानिय मिडियालाई जानकारी दिए कि यो दुर्घटनामा त्यहाँको सम्पूर्ण सम्पत्ति पनि नष्ट भएको छ।

    संघीय उड्डयन प्रशासन (एफएए) ले जनाए अनुसार सिंगल इंजीन भएको बीचक्राफ्ट बोनान्ज़ा वी ३५ विमानका पायलटले विहिवार साँझ करिव सात बजेतीर बेसाइड वाटर्स मोबाइल होम पार्कमा दुर्घटनाग्रस्त हुनुभन्दा केही समय अघि इंजीनमा गडबडी उत्पन्न भएको सुचना दिएका थिए । 


    तेस्रो आँखा