• ट्रेण्डिङ्ग :
दुई प्रदेशमा आज हिमपात र केहीमा वर्षाको सम्भावना

दुई प्रदेशमा आज हिमपात र केहीमा वर्षाको सम्भावना


  • 3.8K
    SHARES
    • माघ २०, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.8K Views

    दुई प्रदेशमा आज हिमपात र केहीमा वर्षाको सम्भावना

    काठमाडौं । देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागको मौसम सामान्यतया सफा छ।

    images

    मौसम पूर्वानमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सफा रहनेछ। 

    कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

    सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


    तेस्रो आँखा