• ट्रेण्डिङ्ग :
अर्घाखाँचीको ढाकाबांगमा जीप दुर्घटना : २ जनाको मृत्यु, २ घाइते

अर्घाखाँचीको ढाकाबांगमा जीप दुर्घटना : २ जनाको मृत्यु, २ घाइते


  • 6.0K
    SHARES
    • माघ २०, २०८० शनिबार
    • २ बर्षs अघि
    • 9.2K Views

    अर्घाखाँचीको ढाकाबांगमा जीप दुर्घटना : २ जनाको मृत्यु, २ घाइते

    अर्घाखाँची । अर्घाखाँचीको ढाकाबांगमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

    images

    भूमिकास्थान नगरपालिका-२ को ढाकावाङ्ग थापाडाँडामा लु १ ज १६७९ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा दुई जनाको घटना स्थलमै मृत्यु भएको १ नम्बर वडाका अध्यक्ष गोपाल खनालले बताए ।  

    दुर्घटनामा भूमिकास्थान-२ मुलटंकीका अन्दाजी ३२ वर्षीय देवा बेल्वासे र सन्धिखर्क ८ खापडाँडाका अन्दाजी ४० वर्षीया डेमकला बेल्वासेको मृत्यु भएको स्थानीय टेकराज भुसालले बताएका छन्। 

    त्यस्तै घटनामा पणेना-१ का कपिला खनाल पोख्रेल र सर्मिक पोख्रेल घाइते भएका छन्। घाइतको अवस्था सामान्य रहेको र उपचारका लागि सन्धिखर्क पठाइएको छ।

    घटनाबारे अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ । गाडी करिब १५० मिटर तल झरेको थियो। 


    तेस्रो आँखा