• ट्रेण्डिङ्ग :
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उनकी श्रीमती बीबीको विवाह अवैध ठहर

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उनकी श्रीमती बीबीको विवाह अवैध ठहर


  • 4.1K
    SHARES
    • माघ २१, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.2K Views

    पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उनकी श्रीमती बीबीको विवाह अवैध ठहर

    काठमाण्डौ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीको विवाहलाई अवैध ठहर गर्दै अदालतले सात वर्ष जेल सजाय सुनाएको छ । उनीहरुबीचको विवाह गैर इस्लामिक र गैरकानुनी ठहर गर्दै अदालतले पाँच लाख पाकिस्तानी रुपैयाँ जरिबानासहित सात वर्षको जेल सजाय सुनाएको हो ।

    images

    बुशरा बीबीका पूर्व पतिले दिएको उजुरीमाथि अदालतले फैसला गर्दै खानजोडीलाई सात वर्षको जेल सजाय सुनाएको बीबीसीले जनाएको छ । बीबीका पूर्व पतिले खानसँग विहे गरेर बुशराले आफूलाई धोका दिएको आरोप लगाउदै आएका छन् । 

    बुशरासँग खानले प्रधानमन्त्री हुनुभन्दा केही महिनाअघि मात्रै विवाह गरेका थिए । बुशराले पूर्वपतिसँग सम्बन्धविच्छेद पछि तोकिएको समय नपुग्दै खानसँग विवाह गरेर कानुनको उल्लङ्घन गरेको अदालतको ठहर छ ।

    मुस्लिम कानुन अनुसार महिलाले श्रीमान्को निधन भएको वा सम्बन्ध विच्छेद गरेपछिको निश्चित समयसम्म पुनर्विवाह गर्न पाउँदैनन् । ७१ वर्षका पूर्व प्रधानमन्त्री खानले यसअघि नै जेल सजाय भोगिरहेका छन् । राज्यलाई प्राप्त उपहार बेचेको आरोपमा अदालतले खान दम्पतीलाई यसअघि नै १४ वर्षको जेल सजाय सुनुाइसकेको छ ।

    यस्तै अदालतले महत्वपूर्ण सूचना बेचेको आरोपमा खानलाई १० वर्ष जेल सजाय सुनाएको छ । त्यस अघि नै खान अर्को मुद्धामा तीन वर्षको जेल सजाय भोगिरहेका थिए । अब खानको जेल सजाय ३४ वर्ष पुगेको छ । पूर्वप्रधानमन्त्री खानले आफूविरुद्ध एक पछि अर्को सजाय तोकेर सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् ।


    तेस्रो आँखा