• ट्रेण्डिङ्ग :
मुस्लिम इत्तेहाद सङ्गठन कास्कीको अध्यक्षमा कमरूदिन मियाँ निर्विरोध

मुस्लिम इत्तेहाद सङ्गठन कास्कीको अध्यक्षमा कमरूदिन मियाँ निर्विरोध


  • 3.8K
    SHARES
    • माघ २१, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.9K Views

    मुस्लिम इत्तेहाद सङ्गठन कास्कीको अध्यक्षमा कमरूदिन मियाँ निर्विरोध

    पोखरा । नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको कास्की जिल्ला अध्यक्षमा कमरूदिन मियाँ निर्विरोध निर्वाचित भएका छन् ।

    images

    पोखरामा भएको तेस्रो जिल्ला अधिवेशनबाट कमरूदिन मियाँको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । सचिवमा खुसि मोहम्मद चयन भएको प्रचार प्रसार विभागका क्यामुद्दिन पठानले जानकारी दिए ।

    गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रीय अध्यक्ष,नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सेराज अहमद फारूकी विशेष अतिथि रहेका थिए । 


    तेस्रो आँखा