• ट्रेण्डिङ्ग :
चार किलो चरेससहित महिला पक्राउ

चार किलो चरेससहित महिला पक्राउ


  • 4.6K
    SHARES
    • माघ २१, २०८० आइतबार
    • २ बर्षs अघि
    • 7.1K Views

    चार किलो चरेससहित महिला पक्राउ

    कपिलवस्तु, २१ माघ/कपिलवस्तुमा ४ केजी ६४६ ग्राम लागुऔषध चरेससहित एक महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरले कृष्णनगर नगरपालिका –२ बाट ३८ वर्षीया वासु घर्तीलाई पक्राउ गरेको हो ।

    images

    प्यूठान गौमुखी गाउँपालिका –३ कि घर्तीले रुकुमपूर्वबाट भारततर्फ लागुऔषध ओसारपसार गर्न लागेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताउनुभयो । 

    कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा झोलामा पोको पारी राखेको ९९० पोका चरेस बरामद गरेको छ ।


    तेस्रो आँखा