• ट्रेण्डिङ्ग :
पाकिस्तानमा आतङ्कवादी हमलाः १० प्रहरीको मृत्यु, ६ घाइते

पाकिस्तानमा आतङ्कवादी हमलाः १० प्रहरीको मृत्यु, ६ घाइते


  • 3.9K
    SHARES
    • माघ २३, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.9K Views

    पाकिस्तानमा आतङ्कवादी हमलाः १० प्रहरीको मृत्यु, ६ घाइते

    एजेन्सी २३ माघ/पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लाको एक प्रहरी चौकीमा भएको आतङ्ककारी हमलामा कम्तीमा १० प्रहरीको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    images

    अज्ञात आतङ्ककारीहरूको समूहले डेरा इस्माइल खान जिल्लाको चौधवन प्रहरी चौकीमा स्नाइपर गन, स्वचालित राइफल र ह्यान्ड ग्रेनेडहरू प्रयोग गरेर आक्रमण गरेको प्रहरी स्रोतले बताएको हो । आक्रमणलगत्तै प्रहरी र सुरक्षाकर्मी घटनास्थलमा पुगेर शव र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेका थिए ।

    मृत्यु हुनेमा आमचुनाव अघि आक्रमण बढेपछि सो क्षेत्रमा खटिएका स्वाबी जिल्लाका इलाइट फोर्स अफ पुलिसका ६ जना अधिकारी छन् । प्रहरी र सुरक्षा बल पुग्नुअघि नै आक्रमणकारीहरू घटनास्थलबाट भाग्न सफल भएका थिए ।

    प्रहरीले उक्त क्षेत्रमा जाने सबै सडक सिल गरी खोजी अभियान सुरु गरिएको जनाएको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल


    तेस्रो आँखा