• ट्रेण्डिङ्ग :
माओवादी नै वास्तविक अर्थमा वैकल्पिक शक्ति हो : इन्चार्ज आचार्य

माओवादी नै वास्तविक अर्थमा वैकल्पिक शक्ति हो : इन्चार्ज आचार्य


  • 17.0K
    SHARES
    • माघ २३, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 26.2K Views

    माओवादी नै वास्तविक अर्थमा वैकल्पिक शक्ति हो : इन्चार्ज आचार्य

    दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यले माओवादी नै वास्तविक अर्थमा वैकल्पिक शक्ति भएको बताउनुभएको छ । पार्टीको जिल्ला समन्वय समिति दाङको पूर्व बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले भन्नुभयो, “वास्तविक अर्थमा वैकल्पिक शक्ति माओवादी नै हो । हामीबाट केही कमजोरी हुँदा बहस अन्यत्र गएको छ ।”

    images

    “यो मुलुकको नेतृत्व माओवादीबाट मात्रै सम्भव छ”, नेता आचार्यले थप्नुभयो, “सरकारले चालेको सुशासनको कदममा सबैतिरका दलाल र नोकरशाहहरुले असहयोग गरेका छन् । यो विषयमा जनता सचेत भएर सरकारको काममा होस्टेमा हैसे गरेमात्र सुशासनको कदम सफल हुनेछ ।” 

    प्रमुख अतिथि आचार्यले माओवादी पार्टीको इतिहासमै पहिलोपटक विधान अधिवेशन हुन लाग्नु आफैमा एतिहासिक हो भन्दै जोड्नुभयो, “युद्धबाट आएको पार्टी भद्रगोल छ भन्ने गलत भाष्य स्थापित भयो । यो दुःखद कुरा हो । हामी नेकपा (मशाल) कालमा होस या जनमोर्चाकालमा होस अथवा एकताकेन्द्रबाट नेकपा (माओवादी) हुँदै युद्ध सञ्चालन गर्दा होस् पार्टी निकै नै व्यवस्थित थियो । जब शान्तिकाल शुरु भयो तब पार्टी द्रगोल अवस्थामा आयो । यसलाइ सच्याउन आसन्न विधान अधिवेशन कोशेढुङ्गा साबित हुने छ ।”  

    जिल्ला समन्वय समितिका संयोजक एवं बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनको अध्यक्षतामा तुलसीपुर उपमहानगरपालिका– ९ मा भएको बैठकमा अतिथिहरु केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक इन्द्रजीत थारु, केन्द्रीय सदस्य भीमकुमारी बुढा, केन्द्रीय सल्लाहकार शेषुराम भण्डारी, प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपाने, केन्द्रीय कला साहित्य विभाग सदस्य रामप्रसाद जैसी हुनुहुन्थ्यो । आगामी फागुन १, २ र ३ गते काठमाडौंमा हुन थालेको पार्टीको विधान अधिवेशनको सन्दर्भमा विधान मस्यौदामाथि छलफल तथा सुझाव संकलनका लागि उक्त बैठकको आयोजना गरिएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समितिका सचिव विश्वराज आचार्यले गर्नुभएको थियो । 

    बैठकमा विधानअनुसार पार्टी चल्नुपर्ने, युवामैत्री विधान बनाउनुपर्ने, गणतन्त्र, समावेशिता र समानुपातिकमैत्री विधान बन्नुपर्ने, महिलाको सहभागितामा ३५ प्रतिशतबाट वृद्धि गर्नुपर्ने, तल्ला समितिको सिफारिस बाध्यकारी हुनुपर्ने ब्यवस्था गर्नुपर्ने, पार्टी र सत्तामा आलोपालो व्यवस्था गर्नुपर्ने सुझाव दिइएका थिए । त्यसैगरी भ्रष्टाचार लगायतका जघन्य अपराधलाई पार्टीको पनि कारवाहीको विषय बनाउनुपर्ने सुझाव पनि आएका थिए ।

  • सम्बन्धित विषय:

  • # निर्मल आचार्य

  • तेस्रो आँखा