• ट्रेण्डिङ्ग :
स्काउटको चुनाव रोक्ने पत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

स्काउटको चुनाव रोक्ने पत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


  • 2.3K
    SHARES
    • माघ २३, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 3.6K Views

    स्काउटको चुनाव रोक्ने पत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल स्काउटको चुनाव रोक्ने सरकारको पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    images

    न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निर्वाचन कार्यतालिका बमोजिमको कार्यक्रम रोक्न पठाएको पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र युवा तथा खेलकुद मन्त्रालयको पत्र यथास्थितिमा राख्न भनेको छ ।

    नेपाल स्काउटले स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन तय गरेको थियो । तर, निर्वाचन सुरु हुनै लाग्दा प्रधानमन्त्री कार्यालयबाट गएको निर्देशनका आधारमा युवा मन्त्रालयले निर्वाचन रोक्न निर्देशन दिएको थियो । त्यसविरुद्ध नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । 

    सर्वोच्चले यसबारे छलफलका लागि दुवै पक्षलाई यही माघ २५ गते बोलाएको छ ।


    तेस्रो आँखा