काठमाण्डौं,३० पुस । स्याङ्जा जिल्लाको एक नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यले नागरिकता बनाइदिन्छु भनी रु एक लाख ३५ हजार घुस लिएका छन् स्याङ्जाको भीरकोट नगरपालिका–९ का वडाअध्यक्ष भीमबहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाइदिन्छु भनेर घुस लिएका हुँन् ।
नेपाली नागरिकले जन्मका आधारमा नागरिकता पाउने कानूनी प्रबन्ध छ । नागरिकता पाउने नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो । नागरिकताको सिफारिसका लागि स्थानीय निकायले कार्यपालिका बाट निर्णय गरी सामान्य राजश्व शुल्क निर्धारणा गरेको हुन्छ ।
वडाध्यक्ष भीमबहादुरले आर्थिक प्रलोभनका आधारमा परी दोहोरो नागरिकता बनाउन झुठो विवरणका आधारमा बदनियत तरिकाले गलत सिफारिस गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगले आज वडाध्यक्ष भीमबहादुर विरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
