• ट्रेण्डिङ्ग :
धनगढीका पाँच विद्यालयलाई नमुना विद्यालय बनाइने

धनगढीका पाँच विद्यालयलाई नमुना विद्यालय बनाइने


  • 6.3K
    SHARES
    • माघ २४, २०८० बुधबार
    • २ बर्षs अघि
    • 9.7K Views

    धनगढीका पाँच विद्यालयलाई नमुना विद्यालय बनाइने

    धनगढी २४ माघ/धनगढी उपमहानगरपालिकामा रहेका पाँच विद्यालयलाई नमुना विद्यालय बनाइने भएको छ । वडा ११ मा रहेको ठेकराज माध्यमिक विद्यालय, १२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालय, १८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाइने भएको छ । 

    images

    यसैगरी, वडा १६ स्थित बेहडाबाबा माध्यमिक विद्यालय र वडा नम्बर ९ स्थित भवानी माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउने धनगढी उपमहानगरपालिकाका नगर प्रमुखको निजी सचिवालयले जनाएको छ । 

    पाँच वटै विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्न आज सम्झौता गरिएको छ । धनगढी उपमहानगरपालिका र टिच फर नेपालबिच सम्झौता भएको हो । नगर प्रमुख गोपाल हमाल र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । 


    तेस्रो आँखा