• ट्रेण्डिङ्ग :
आजको मौसम
लुम्बिनी र सुदूरपश्चिममा आंशिक बदली रहने

लुम्बिनी र सुदूरपश्चिममा आंशिक बदली रहने


  • 2.8K
    SHARES
    • माघ २५, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.3K Views

    लुम्बिनी र सुदूरपश्चिममा  आंशिक बदली रहने

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

    images

    अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ ।

    तराई–मधेशका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।

    आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ ।

    कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर ४७ मिनेट र सूर्यास्त साँझ ५ बजेर ४९ मिनेटमा हुनेछ ।


    तेस्रो आँखा