मधेश प्रदेश कृषि विश्वविद्यालयमा लागेकाे ताला १८ दिनपछि खुल्याे

मधेश प्रदेश कृषि विश्वविद्यालयमा लागेकाे ताला १८ दिनपछि खुल्याे


  • 4.0K
    SHARES
    • माघ २५, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.2K Views

    मधेश प्रदेश कृषि विश्वविद्यालयमा लागेकाे ताला १८ दिनपछि खुल्याे

    सप्तरी । सप्तरीको राजविराजको मधेश प्रदेश कृषि विश्वविद्यालयमा लागेकाे ताला १८ दिनपछि आज खुलेको छ ।

    images

    आज भएको सर्वदलीय बैठकमा चार बुँदै सहमति भएसँगै विश्वविद्यालयको ताला खुलेको हो । विभिन्न विषयमा असन्तुष्टि राखेर जनमत पार्टीले तालाबन्दी गरेको थियो ।

    नेकपा एकीकृतका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीले जनमत पार्टीको मागका विषयमा एक महिनाभित्र सर्वपक्षीय अध्ययन गरेर अगाडि बढ्ने, आउँदा दिनमा दल र प्रशासनसँग समन्वय र सहकार्य गर्ने, विश्वविद्यालय भवनको शिलान्यासका क्रममा भएको घटना आउँदा दिनमा नदोहरिने प्रतिबद्धता लगायतको विषयमा सहमति भएकाे जानकारी दिनुभयाे ।


    तेस्रो आँखा