• ट्रेण्डिङ्ग :
१२४ किलो गाँजासहित दुई टेम्पो चालक समातिए

१२४ किलो गाँजासहित दुई टेम्पो चालक समातिए


  • 2.6K
    SHARES
    • माघ २७, २०८० शनिबार
    • २ बर्षs अघि
    • 3.9K Views

    १२४ किलो गाँजासहित दुई टेम्पो चालक समातिए

    काठमाडौं । १२४ किलो गाँजासहित सुनसरीबाट प्रहरीले दुई टेम्पो चालकलाई पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–११, रिटिङ टोलका १९ वर्षीय मौसम राई र धरान–११, रेसुंगा चोकका २२ वर्षीय अभिषेक शेर्मा छन् । शनिबार दिउँसो रिटिङ टोलबाट १२४ किलो गाँजासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    प्रहरीका अनुसार, मौसम राईको घरअगाडि सडकमा दुई टेम्पो पार्किङ गरेर राखिएको थियो । जाँच गर्ने क्रममा प्रदेश १–०२–००३ ह ३७४ नम्बरको टेम्पोमा ३६ किलो गाँजा भेटिएको थियो । त्यसका चालक मौसम स्वयं हुन् ।

    यस्तै, को१ह ५०९८ नम्बरको टेम्पोमा ८८ किलो गाँजा फेला परेको थियो । उक्त टेम्पोका चालक अभिषेक हुन् । त्यसपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा