रौतहट । नेकपा (एमाले) रौतहटको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ। एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो।
अध्यक्ष पदमा अखिलेश्वर चौधरी, सचिवानन्द शाह, अमर आले र बैजनाथ सहनीको उम्मेदवारी परेको हो। उपाध्यक्ष पदका लागि रुपेशकुमार पटेल, सुरेशकुमार राय यादव, मणिलाल सहनीले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै नेकपा एमालेको जिल्ला सचिव पदमा बाबुराम दाहाल, शिवप्रसाद आचार्य र रवि मिश्रले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत बालबिक्रम कार्कीले जानकारी दिए।
दुई दिन सर्वसम्मतको प्रयास गर्दासमेत सहमति हुन नसकेपछि आइतबार निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्ने कार्कीले बताए।
