• ट्रेण्डिङ्ग :
सिकलसेल औषधीलाई ‘सुबिधा थैली’मा समेट्न आग्रह

सिकलसेल औषधीलाई ‘सुबिधा थैली’मा समेट्न आग्रह


  • 3.1K
    SHARES
    • फाल्गुण २, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.8K Views

    सिकलसेल औषधीलाई ‘सुबिधा थैली’मा समेट्न आग्रह

    लुम्बिनी २ फागुन/लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ ले सिकलसेल एनिमिया र थालेसिमिया रोगको निदान र उपचारलाई स्वास्थ्य बीमामा समावेश गर्न अनुरोध गर्नुभएको छ ।

    images

    बाँके निर्वाचन क्षेत्र नं। १ ९१० बाट निर्वाचित मन्त्री केसीले बुधवार स्वास्थ्य बीमा वोर्ड काठमाडौं पुगेर वोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौलामार्फत् यस्तो अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

    वोर्डका कार्यकारी निर्देशक डा। बसौलासमक्ष मन्त्री केसीले हजारौं सिकलसेल एनिमिया र थालेसिमियाका बिरामीको निदान र उपचार स्वास्थ्य बीमाको सुबिधा थैलीमा समावेश नगरिदा यस रोगका बिरामीले औषधी खरिद गर्नुपर्ने भएको भन्दै स्वास्थ्य बीमाले प्रदान गर्ने निःशुल्क औषधीको सुबिधा थैलीमा सूचिकृत गर्न अनुरोध गर्नुभयो । 

    सिकलसेल र थालेसिमिया रोगको निदान र उपचारका लागि सरकारले स्वास्थ्य बीमामा समेटे पनि बीमा गरेका यस रोगका बिरामीले निःशुल्क औषधी प्राप्त गर्न सकेका छैनन् । सिकलसेल र थालेसिमिया रोग लागिसकेपछि यसका रोगी विरामीले दीर्घकालीन रुपमा औषधी खानुपर्ने र औषधीसमेत अत्यन्तै महङ्गो हुनेहुँदा स्वास्थ्य बीमा वोर्डलाई निःशुल्क औषधीको सुबिधामा समेट्न आफूले अनुरोध गरेको मन्त्री केसीले बताउनुभयो ।


    तेस्रो आँखा