• ट्रेण्डिङ्ग :
बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाइयो, एक जना पक्राउ

बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाइयो, एक जना पक्राउ


  • 3.4K
    SHARES
    • फाल्गुण ४, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.3K Views

    बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाइयो, एक जना पक्राउ

    विराटनगर ४ फागुन/बोक्सीको आरोपमा मोरङको बूढीगंगा गाउँपालिका–७ की एक महिलालाई यातना दिएर मलमूत्र खुवाएका छन् । बिहीबार दिउँसो ५५ वर्षीय महिलालाई छिमेकीले नै यातना दिंदै बोक्सी आरोपमा मलमूत्र खुवाएका हुन् ।

    images

    बोक्सीको आरोपमा मलमूत्र खुवाउने अर्की महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी छिन् । उनी गाउँकी धामी हुन् । मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको उजुरी परेपछि माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । बिहीबार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । हराएको दियो जोखाना हेर्दा पीडितले चोरेको भन्दै माझीले कुटपिट गरिन् ।

    पूजामा बोक्सी प्रवेश गरेको भन्दै लछारपछार पारेर मलमूत्र खुवाउँदै अमानवीय व्यवहार पनि गरेको पीडितको भनाइ छ । पीडित महिला बिहीबार साँझ हरैचामा रहेको प्रहरी कार्यालय पुगेकी थिइन् । लगत्तै बोक्सीको आरोप लगाएर अमानवीय हर्कत गर्ने माझीलाई पक्राउ गरेको  दाहालले बताए । पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकी माझीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनामा अरु व्यक्तिको संलग्नता नदेखिएको प्रहरीले बताएको छ ।


    तेस्रो आँखा