• ट्रेण्डिङ्ग :
चितुवाको आक्रमणबाट युवक घाइते

चितुवाको आक्रमणबाट युवक घाइते


  • 5.6K
    SHARES
    • फाल्गुण ५, २०८० शनिबार
    • २ बर्षs अघि
    • 8.6K Views

    चितुवाको आक्रमणबाट युवक घाइते

    महेन्द्रनगर (कञ्चनपुर)। कञ्चनपुरको दक्षिणी क्षेत्रमा चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन् ।

    images

    मोटरसाइकलमा यात्रा गरिरहेका बेल्डाँडी गाउँपालिका-३ खैरीघाटका २४ वर्षीय जीवन चन्द चितुवाको आक्रमणमा परी घाइते भएका हुन । कुण्डा सव डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार चन्दलाई बेलौरी नगरपालिका-८ खपटी खोला नजिकै हुलाकी सडकमा शुक्रबार साँझ चितुवाले आक्रमण गरेको हो ।

    आक्रमणमा परी चन्दको हातमा चोट लागेको छ । उनको मोटरसाइकलमा समेत क्षति पुगेको प्रमुख यादवले बताए । गत वर्ष पुर्नबास र बेलौरी नगरपालिकामा बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको थियो ।


    तेस्रो आँखा