एमालेको सर्कुलर : २५ जना भन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्नू

एमालेको सर्कुलर : २५ जना भन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्नू


  • 6.6K
    SHARES
    • माघ ३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    एमालेको सर्कुलर : २५ जना भन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्नू

    काठमाडौं, ३ माघ । एमालेले सर्कुलर जारी गर्दै २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको छ । कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि सोमबार एमाले केन्द्रीय कार्यालयले सर्कुलर जारी गरेर २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको हो । 

    images

    साथै पार्टी नेता कार्यकर्ता र जनप्रतिनिधिलाई जनसेवामा खट्न पनि भनेको छ । 

    यस्तो छ सर्कुलर 

    नेकपा (एमाले), केन्द्रीय कार्यालयले आज आन्तरिक सर्कुलर जारी गर्दै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको छ । साथै, सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि निर्देशन गरिएको छ ।
     

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा