• ट्रेण्डिङ्ग :
भारतद्वारा नयाँ मौसम उपग्रह प्रक्षेपण, मौसम पूर्वानुमानका लागि उपयोगी हुने

भारतद्वारा नयाँ मौसम उपग्रह प्रक्षेपण, मौसम पूर्वानुमानका लागि उपयोगी हुने


  • 3.7K
    SHARES
    • फाल्गुण ६, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.7K Views

    भारतद्वारा नयाँ मौसम उपग्रह प्रक्षेपण, मौसम पूर्वानुमानका लागि उपयोगी हुने

    भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले नयाँ मौसम उपग्रह आइ.एन.एस.ए.टी–३ प्रक्षेपण गरेको छ ।

    images

    मौसम विज्ञान उपग्रह दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट हिजाे बेलुका उडेको इसरोले सामाजिक सञ्जालमा पोष्ट गरेर जानकारी गराएको छ ।

    इसरोका अनुसार उपग्रह परिष्कृत मौसम विज्ञान अवलोकन र मौसम पूर्वानुमान र प्रकोप चेतावनीका लागि डिजाइन गरिएको हो । यसले भूमि र समुद्र सतहहरूको निगरानी गर्नेछ ।

    दुई हजार २ सय ७४ किलो तौल भएको नयाँ उपग्रहले भारतको मौसम विज्ञान विभागलगायत पृथ्वी विज्ञान मन्त्रालयअन्तर्गतका विभिन्न विभागहरूलाई सहयोग पुर्याउने छ । यसले पठाउने सूचनाहरु मौसम र विपद् पूर्वानुमानका लागि निकै उपयोगी हुने इसरोले दाबी गरेको छ । 


    तेस्रो आँखा