चन्द्रागिरिमा एकको हत्या, दुई पक्राउ

चन्द्रागिरिमा एकको हत्या, दुई पक्राउ


  • 5.0K
    SHARES
    • माघ ४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    चन्द्रागिरिमा  एकको हत्या, दुई पक्राउ

    काठमाडौं, ४ माघ । चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग एक जनाको हत्या गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधाराका २५ वर्षीय रोशन रिजालको हत्यामा संलग्न रहेको भन्दै मकवानपुर थाहा नगरपालिका–१० का २१ वर्षीय अभिषेक बस्नेत र १९ वर्षीय अनुज बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

    images

    महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले फलामको दाउ र कैँचीको प्रयोग गरेर रिजालको हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी  दिए। हत्या गरेलगत्तै फरार रहेका अनुजलाई चन्द्रागिरिबाट र अभिषेकलाई धादिङ प्रहरीको सहयोगमा धादिङको नीलकण्ठ नगरपालिकाबाट पक्राउ गरिएको हो।

    घटनापछि गम्भीर घाइते भएका रिजालको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त घटनामा चन्द्रागिरि नगरपालिका–१ दहचोक बस्ने २२ वर्षीय नीरज मगर घाइते भएका छन्। उनको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको प्रवक्ता मैनालीले बताए।

    घटनालगत्तै महानगरीय प्रहरी प्रभाग बलम्बु, महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी परिसर काठमाडौँको टोली अनुसन्धानमा खटिएको थियो। पक्राउ दुवै जनालाई सोमबार काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ।


    तेस्रो आँखा