• ट्रेण्डिङ्ग :
अबको समय विकास र समृद्धिको : अध्यक्ष ओली

अबको समय विकास र समृद्धिको : अध्यक्ष ओली


  • 4.4K
    SHARES
    • फाल्गुण ६, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.8K Views

    अबको समय विकास र समृद्धिको : अध्यक्ष ओली

    धनगढी ६ फागुन/पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको समय विकास, समृद्धिको भएको बताउनुभएको छ । आज कैलालीस्थित बर्दगोरिया गाउँपालिका कार्यालयको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले मुलुकले पूर्वाधार विकासका क्षेत्रमा फड्को मारेकाले अबको समय विकास र समृद्धिको भएको बताउनुभयो ।

    images

    जनप्रतिनिधिहरू विकासका नेता बन्न सक्नुपर्ने बताउनुहुँदै उहाँले सरकारी सेवा प्रवाह छिटो छरितो, सहज र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले आजै कैलालीको सुख्खडमा नेकपा एमाले कैलालीको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको छ । उहाँले अधिवेशनलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

    कार्यवाहक जिल्ला अध्यक्ष दुर्गा जोशीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एमाले सचिव द्वय लेखराज भट्ट, छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य कर्ण थापा लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको छ । आज र भोलि दुई चल्ने अधिवेशनले एमाले कैलालीको नेतृत्व छनौट गर्ने कार्यतालिका रहेको छ ।


    तेस्रो आँखा