आजको मौसम
केही स्थानमा वर्षाको सम्भावना, तराईका थोरै ठाउँमा हुस्सु

केही स्थानमा वर्षाको सम्भावना, तराईका थोरै ठाउँमा हुस्सु


  • 4.2K
    SHARES
    • फाल्गुण ७, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.5K Views

    केही स्थानमा वर्षाको सम्भावना, तराईका थोरै ठाउँमा हुस्सु

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

    images

    महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु लागेको छ ।

    आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा देशका बाँकी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशलगायतका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राती भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । आज सूर्योदय बिहान ६ बजेर ३८ मिनेट र सूर्यास्त साँझ ५ बजेर ५७ मिनेटमा हुनेछ ।

     

     

  • सम्बन्धित विषय:

  • # मौसम

  • तेस्रो आँखा