• ट्रेण्डिङ्ग :
कोशी प्रदेशका १४ स्वास्थ्य स्वयंसेविका सम्मानित

कोशी प्रदेशका १४ स्वास्थ्य स्वयंसेविका सम्मानित


  • 4.5K
    SHARES
    • फाल्गुण ७, २०८० सोमबार
    • २ बर्षs अघि
    • 7.0K Views

    कोशी प्रदेशका १४ स्वास्थ्य स्वयंसेविका सम्मानित

    मोरङ, ७ फागुन/प्रजातन्त्र दिवसको अवसर पारेर कोशी प्रदेश सरकारले १४ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । सोमबार मुख्यमन्त्री केदार कार्कीले प्रदेशका १४ जिल्लाबाट एक–एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्नुभएको हो ।

    images

    जनस्वास्थ्यका लागि खटिएका स्वास्थ्य स्वयंसेविकाहरूको खुट्टामा आफैँले जुत्ता लगाइदिएर मुख्यमन्त्री कार्कीले सम्मान गर्नुभयो । स्वयंसेविकालाई प्रदेशको स्वास्थ्य मन्त्रालय अंकित चाँदीको सिक्का, खादा, सम्मानपत्र र नगद १५ हजार रुपियाँ प्रदान गरिएको थियो ।

    स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेपछि बोल्दै मुख्यमन्त्री कार्कीले आफ्ना सन्तानको हेरचाह छोडेर अरूको सेवा गर्न दौडनेहरूलाई सम्मान गर्न पाउँदा गौरव महशुस भएको बताउनु भयो । त्यसअघि ७४ औं प्रजातन्त्र दिवसको अवसर पारेर प्रदेश सरकारले विराटनगरमा प्रभातफेरिको आयोजना गरेको थियो ।

     


    तेस्रो आँखा