• ट्रेण्डिङ्ग :
हत्या गरी गाडिएको अवस्थामा पुरुषको शव फेला 

हत्या गरी गाडिएको अवस्थामा पुरुषको शव फेला 


  • 4.3K
    SHARES
    • फाल्गुण ७, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.6K Views

    हत्या गरी गाडिएको अवस्थामा पुरुषको शव फेला 

    कपिलवस्तु, ७ फागुन/कपिलवस्तुमा हत्या गरी गाडिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्ला कपिलवस्तु नगरपालिका वडा नं। ४ पिपरी गाँउदेखि दक्षिणतर्फको नहरको कुलोमा शव फेला परेको हो ।

    images

    आइतबार साँझ ६ बजेतिर कोदाहवा चोकदेखि दक्षिण पाँच सय मिटर नहरको कुलोमा टाउको नभएको शव खाल्टोमा गाडिएको अवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार आइतबार साँझ शवको घुँडाको भाग मात्र देखिएको बताउनुभयो । सोमबार बिहान खाल्टोबाट पुरुषको शव निकालिएको थियो । प्रहरी उपरीक्षक पौडेलले हत्या गरी टाउको छिनाएर खाल्टोमा शव गाडिएको अवस्थामा फेला परेको जानकारी दिनुभयो ।

    साथै शरीर जलेको अवस्थामा रहेको छ मृतक पुरुषले जिन्सको सर्ट लगाएको र नाडीमा धागोसमेत बाँधिएको छ । शवको टाउको भने अझै फेला नपरेको उहाँको भनाइ छ । घटनास्थललाई प्रहरीले घेराबन्दी गरेर शवको मुचुल्का गरेको छ । घटनास्थलमा तालिम प्राप्त ककुरसहित टोली परिचालन गरिएको छ ।

    मृतकको पहिचान खुल्न सकेको छैन भने शव पोस्ट मार्टमका  लागि कपिललस्तु अस्पताल लगिएको उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो ।


    तेस्रो आँखा