• ट्रेण्डिङ्ग :
५ गिद्ध र २ स्याल मरेको भेटियो, ७ वटा गिद्ध विरामी

५ गिद्ध र २ स्याल मरेको भेटियो, ७ वटा गिद्ध विरामी


  • 3.0K
    SHARES
    • फाल्गुण ७, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.6K Views

    ५ गिद्ध र २ स्याल मरेको भेटियो, ७ वटा गिद्ध विरामी

    नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–११ लोकाहा खोला किनारमा आज पाँच गिद्ध (जटायु) मृत फेला परेका छन्। चार डङ्गर प्रजाति र एउटा हिमाली प्रजातिको गिद्ध मृत फेला परेका हुन्।

    images

    जटायु रेस्टुरेन्टका अध्यक्ष डिबी चौधरीका अनुसार सोही स्थानमा एउटा सुन गिद्ध र ६ डङ्गर प्रजातिको गिद्ध विरामी अवस्थामा फेला परेका छन्।

    गिद्ध मरेको स्थानमा दुई स्याल पनि मृत फेला परेकाले त्यही सिनो खाएर गिद्ध मरेको आशङ्का गरिएको छ। 

    खोला किनारमा गिद्ध मृत देखेपछि स्थानीयले जटायु रेस्टुरेन्टमा खबर गरेका थिए। मरेका गिद्धको मङ्गलबार परीक्षण गरिने तथा विरामी गिद्धको प्राथमिक उपचार गरिएको अध्यक्ष चौधरीले जानकारी दिए।


    तेस्रो आँखा