• ट्रेण्डिङ्ग :
परराष्ट्रमन्त्री भोलि भारत जाँदै

परराष्ट्रमन्त्री भोलि भारत जाँदै


  • 3.4K
    SHARES
    • फाल्गुण ८, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.3K Views

    परराष्ट्रमन्त्री भोलि भारत जाँदै

    काठमाडौँ : परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन भोलि बुधबार नयाँदिल्ली प्रस्थान गर्दै छन्।

    images

    मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेट गर्नेछन्।

    रायसिना संवाद एक बहुपक्षीय मञ्च हो जसलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो।


    तेस्रो आँखा