• ट्रेण्डिङ्ग :
हिउँदे अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने : राइ

हिउँदे अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने : राइ


  • 8.9K
    SHARES
    • माघ ५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    हिउँदे अधिवेशनबाट  प्रदेशको नामाकरण गर्ने  : राइ

    विराटनगर,५ माघ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेशसभाको आउँदो हिउँदे अधिवेशनबाट टुङ्गो लगाउने बताएका छन्।

    images

    मुख्यमन्त्री राइले सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रदेशको नाम प्रदेशसभाले नै टुङ्गो लगाउँछ बताएका हुन् । राईले आफूहरू सरकारमा आएपछि सभाको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामकरण गर्ने प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

    उनका अनुसार यही माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेशको नाम टुङ्गो लगाउनेतर्फ आवश्यक प्रक्रिया अघि बढाइने छ । 

  • सम्बन्धित विषय:

  • # प्रदेश नं.१
  • # राजेन्द्र राइ

  • तेस्रो आँखा
    लेखकबाट थप