• ट्रेण्डिङ्ग :
राष्ट्रिय भूमि आयोगले माग्यो सर्भेक्षकका लागि दरखास्त

राष्ट्रिय भूमि आयोगले माग्यो सर्भेक्षकका लागि दरखास्त


  • 2.2K
    SHARES
    • फाल्गुण ९, २०८० बुधबार
    • २ बर्षs अघि
    • 3.3K Views

    राष्ट्रिय भूमि आयोगले माग्यो सर्भेक्षकका लागि दरखास्त

    काठमाडौं । राष्ट्रिय भूमि आयोगले करार सेवामा कर्मचारी भर्नाका लागि दरखास्त माग गरेको छ । आयोगले सर्भेक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको हो । ९७ नापी प्राविधिकहरू करार सेवामा भर्ना गर्न लागिएको आयोगले जनाएको छ ।  न्यूनतम योग्यता पुगेका इच्छुक उमेदवारले १५ दिनभित्र दरखास्त दिनसक्ने छन् । आवेदन दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । तर, नेपाल इन्जिनियरिङ सेवा सर्भे समूहअन्तर्गत निजामती सेवा तथा संस्थान सेवाबाट अवकाश प्राप्त कर्मचारीको हकमा ६० वर्ष उमेर ननाघेको हुनु पर्नेछ ।

    images
    13-1708480038.jpg
    undefined


    तेस्रो आँखा