• ट्रेण्डिङ्ग :
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १८ जनाको आवेदन

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १८ जनाको आवेदन


  • 3.7K
    SHARES
    • फाल्गुण ९, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.7K Views

    पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १८ जनाको आवेदन

    काठमाडौँ : पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदमा १८ उम्मेदवारले आवेदन दिएका छन्।

    images

    उपकुलपति चयनका लागि गठित सिफारिश समितिले गत माघ २३ गते १५ दिनको समय दिई उक्त पदमा आवेदन दिन सूचना जारी गरेको थियो।

    आवेदन दिनेमा तोयानारायण पौडेल, शुभनारायण पाठक, अनिलकुमार पोख्रेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, बिजुकुमार थपलिया, विनोद पराजुली, देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, संजेशप्रसाद कोइराला, राजकुमार पोखरेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहाल छन्।

    सो विश्वविद्यालयको उपकुलपति छनोट कार्यविधिअनुसार उम्मेदवारको आवेदन जाँचबुझ गरी अन्तरवार्ता र प्रस्तुतीकरणका लागि अल्पसूची प्रकाशन गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

    यसअघि त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा ४३ जनाले आवेदन दिएकामा १४ जना अल्पसूचीमा परेकामध्ये ३ जनाको नाम सिफारिश समितिले प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डसमक्ष पेश गरिसकेको छ। सिफारिश समितिको अध्यक्षता शिक्षामन्त्रीले गर्ने व्यवस्था छ।


    तेस्रो आँखा