• ट्रेण्डिङ्ग :
पाँचखालमा शुरु भयो उन्नत सौर्य ऊर्जा परियोजना

पाँचखालमा शुरु भयो उन्नत सौर्य ऊर्जा परियोजना


  • 3.8K
    SHARES
    • फाल्गुण ९, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.8K Views

    पाँचखालमा शुरु भयो उन्नत सौर्य ऊर्जा परियोजना

    पाँचखाल । नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा निर्मित १८५ केभिए क्षमताको ‘उन्नत सौर्य ऊर्जा परियोजना’को आज (बुधवार) उद्घाटन भएको छ।

    images

    ‘संयुक्त राज्य अमेरिका एशिया प्रशान्त कमाण्ड–विश्व शान्ति कार्य प्रयास’को सहयोगमा निर्मित उक्त परियोजनाको यहाँ आयोजित एक समारोहमा संयुक्त राज्य अमेरिकाका राजनीतिक–सैन्य मामिला ब्यूरोका योजना तथा कार्यसञ्चालनसम्बन्धी उपसहायक विदेशमन्त्री रेचल शिलरले उद्घाटन गरेकी हुन्। 

    सो अवसरमा उनले संयुक्त राज्य अमेरिका, नेपाल र संयुक्त राष्ट्र संघबीचको यो त्रिपक्षीय साझेदारीको ‘हाइब्रिड सौर्य ऊर्जा जेनेरेटर’ योजनाको उद्घाटन गर्न पाउँदा खुशी लागेको बताइन्।

    “यो परियोजना दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघ मिसनमा सेवारत नेपाली बटालियनले प्रयोग गर्नका लागि पनि विस्तार गरिनेछ”, मन्त्री शिलरले भनिन्। 

    यो परियोजनाले दक्षिण सुडानको रुम्बेकमा रहेको नेपालको बटालियनले प्रयोग गरिरहेको डिजेल जेनेरेटरलाई प्रतिस्थापन गरी हाइब्रिड सौर्य ऊर्जाबाट चल्ने जेनेरेटर प्रविधिमा लगिनेछ। 

    मन्त्री शिलरले यसले कार्बन उत्सर्जन कम गर्न र इन्धन खपत घटाएर मिसनको लागत घटाउन मद्दत गर्ने उल्लेख गरिन्।

    नेपाली सेनाको युद्धकार्य महानिर्देशक उपरथी प्रेमध्वज अधिकारीले परियोजनाका बारेमा अवगत गराउँदै उक्त अमेरिकी सहयोगप्रति आभार व्यक्त गरे। उनले सामूहिक प्रयास र प्रतिबद्धतामा परियोजना महत्वपूर्ण भएको उल्लेख गरे।

    यस परियोजनाबाट उत्पादन हुने ऊर्जाले नेपाली सेनालाई आफ्नो नियमित काममा थप सहजता हुने भन्दै उपरथी अधिकारीले सौर्य ऊर्जाले वातावरण स्वच्छ बनाउन तथा कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे।


    तेस्रो आँखा