• ट्रेण्डिङ्ग :
सल्यानमा चट्याङ लागेर चारजना घाइते

सल्यानमा चट्याङ लागेर चारजना घाइते


  • 3.4K
    SHARES
    • फाल्गुण १०, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.3K Views

    सल्यानमा चट्याङ लागेर चारजना घाइते

    सल्यान । शारदा नगरपालिकामा चट्याङ लागेर चारजना घाइते भएका छन्। बुधबार साँझ शारदा नगरपालिका १३ स्यानीखाल तिर्थपोलेका देवीलाल बस्नेत र टिकाराम बस्नेतको घरनजिकै चट्याङ पर्दा चारजना घाइते भएका हुन् । 

    images

    स्थानीय जानकी बस्नेत, सुशीला भारती, मनिषा बुढाथोकी र सुनिल बस्नेत घाइते भएको शारदा–१३ का वडाध्यक्ष जंगबहादुर बुढाले जानकारी दिए। जानकी र सुनिलको अवस्था गम्भीर छ भने दुईजनाको अवस्था सामान्य छ । घाइतेलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल लगिएको उनले बताए।

     


    तेस्रो आँखा