• ट्रेण्डिङ्ग :
शैक्षिक क्यालेण्डर कार्यान्वयन पहिलो प्राथमिकता : उपकुलपति बराल

शैक्षिक क्यालेण्डर कार्यान्वयन पहिलो प्राथमिकता : उपकुलपति बराल


  • 5.6K
    SHARES
    • फाल्गुण १०, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 8.6K Views

    शैक्षिक क्यालेण्डर कार्यान्वयन पहिलो प्राथमिकता : उपकुलपति बराल
    कीर्तिपुर, १० फागुन/त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजङ्ग बरालले पदबहाली गर्नुभएको छ । आज साँझ कीर्तिपुरस्थित विश्वविद्यालय कार्यालयमा पुगेर उहाँले कार्यभार सम्हाल्नुभएको हो । 
      
    पदबहालीपछि कुराकानी गर्दै उपकुलपति बरालले आफ्नो पहिलो प्राथमिकता विश्वविद्यालयको वार्षिक शैक्षिक ‘क्यालेण्डर’ कार्यान्वयन गर्नु रहेको बताउनुभयो ।
     
    “त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था हो । यहाँ धेरै काम गर्नुपर्नेछ”, उहाँले भन्नुभयो । शैक्षिक क्यालेण्डर कार्यान्वयन तथा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकता दिइने उपकुलपति बरालले बताउनुभयो । विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने आफनो योजनामा रहेको उहाँको भनाइ थियो ।


    तेस्रो आँखा