• ट्रेण्डिङ्ग :
देशलाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्यपूर्ण : शशांक कोइराला

देशलाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्यपूर्ण : शशांक कोइराला


  • 4.3K
    SHARES
    • फाल्गुण १०, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.5K Views

    देशलाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्यपूर्ण : शशांक कोइराला

    काठमाडौँ : नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।

    images

    बिहीवार महासमिति बैठकको समापन समारोहमा उनले यस्तो बताएका हुन्। उनले धर्म निरपेक्ष र सापेक्ष नभइ स्वतन्त्र हुने बताए। 

    उनले धर्म निरपेक्ष बनाउन नै गलत भएको बताए। उनले ३६४ दिन कांग्रेस बन्ने, मत हाल्ने दिन अरु बन्ने कुरा राम्रो नहुने पनि बताए। उनले चुनावभन्दा पहिला नै गठबन्धन गर्नु दुर्भाग्य भएको बताए।

    ‘धर्म न निरपेक्ष हुन्छ न धर्म सापेक्ष हुन्छ‚ धर्म स्वतन्त्र हुन्छ। ४ तारामध्ये एउटा तारा धर्म स्वतन्त्रताको प्रतीक हो तर दुर्भाग्यवश हामीले धर्म निरपेक्ष बनायौँ, यो गलत हो‚‘ उनले भने, ‘नेपाली कांग्रेसको जुन मत खस्छ, त्यो ३६४ दिन कांग्रेस बन्ने, मत हाल्ने दिन अरुको बन्ने त्यस्तो कांग्रेस हामीलाई चाहिँदैन। चुनावभन्दा पहिला नै गठबन्धन गर्नु दुर्भाग्य हो। गठबन्धन त चुनाव भइसकेपछि सरकार बनाउँदा गर्नुपर्छ।’


    तेस्रो आँखा