• ट्रेण्डिङ्ग :
आजदेखि मौसममा क्रमिक सुधार

आजदेखि मौसममा क्रमिक सुधार


  • 2.5K
    SHARES
    • फाल्गुण ११, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 3.9K Views

    आजदेखि मौसममा क्रमिक सुधार

    काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सोमवारदेखि मौसम बदली हुँदै आएकामा हिजो काठमाण्डौ उपत्यकाकासहित पहाडी भेगमा पानी परेको हो । उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हिमपात भएको छ । काठमाण्डौ वरपरका डाँडामा पनि हल्का हिमपात भएको छ ।

    images

    आजदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार पश्चिमबाट मौसममा सुधार हुँदै जानेछ भने कोशीसहित पहाडी भेगमा आज पनि बदलीको सम्भावना छ । आज दिउँसो कोशी र गण्डकीका पहाडी भेगका केही ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हिजो दिउँसो काठमाण्डौमा मौसम खराबीका कारण हवाई उडान र अवतरणमा समस्या भएको थियो । पानी पर्न रोकिएपछि हिजो बेलुकीदेखि नै आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रुपमा सञ्चालन भैरहेकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।


    तेस्रो आँखा