• ट्रेण्डिङ्ग :
इजरायली संस्थाहरुमा साइबर चुनौती बढ्यो

इजरायली संस्थाहरुमा साइबर चुनौती बढ्यो


  • 2.9K
    SHARES
    • फाल्गुण ११, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.5K Views

    इजरायली संस्थाहरुमा साइबर चुनौती बढ्यो

    काठमाण्डाै । इजरायलको राष्ट्रिय साइबर निर्देशनालयले इजरायली संस्थाहरू साइबर आक्रमणको खतरामा रहेको बताएको छ । अमेरिकी कम्प्युटर नेटवर्क कम्पनिले निर्माण गरेको भीपीएन रिमोट ह्याकरको पहुँचमा फेला परेको निर्देशनालयलाई उद्धृत गर्दै चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।

    images

    हिजो मात्रै साइबर आक्रमणका दुई वटा जोखिम पत्ता लागेकाले सुरक्षित इन्टरनेट सुविधाबारे चासो दिइएको खबरमा उल्लेख छ । ह्याकरको पहुँचमा त्यहाँको इन्टरनेट प्रणाली परेसँगै हजारौँ सङ्गठनको स्वामित्वमा रहेको झण्डै ३० हजार सञ्जाललाई प्रत्यक्ष चुनौती देखिएको छ । निर्देशनालयले संस्थाहरूलाई आवश्यक सुरक्षा अपडेटहरू तुरुन्तै लागू गर्न आग्रह गरेको छ ।


    तेस्रो आँखा