सर्लाहीबाट ११६ केजी गाँजा बरामद, कार चालक पक्राउ

सर्लाहीबाट ११६ केजी गाँजा बरामद, कार चालक पक्राउ


  • 2.6K
    SHARES
    • फाल्गुण ११, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.1K Views

    सर्लाहीबाट ११६ केजी गाँजा बरामद, कार चालक पक्राउ

    काठमाडौँ । प्रहरीले सर्लाहीको बागमती नगरपालिका–३ स्थित नयाँरोड बरहथवा सडक खण्डबाट ११६ केजी गाँजा बरामद गरेको छ । निजी कारमा गाँजा बोकेर हिँडेका कार चालकलाई पक्राउ गरिएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले बताए ।

    images

    पक्राउ पर्नेमा पूर्वी नवलपरसीको गैँडाकोट नगरपलिका–११ घर भएका ३० वर्षीय सूर्य परियार छन् । बिहीबार सूर्य परियारले चलाएको बागमती प्रदेश–०१–०२६ च ५१५९ नम्बरको कार चेकजाँच गर्दा गाँजा फेला परेको एसपी ज्ञवालीले जानकारी दिए । सो कार दक्षिणबाट उत्तरतर्फ जाँदै थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धान गरिरहेको छ । 


    तेस्रो आँखा