बारकाे आन्दाेलन अब ‘भर्चुअल’ माध्यमबाट

बारकाे आन्दाेलन अब ‘भर्चुअल’ माध्यमबाट


  • 5.5K
    SHARES
    • माघ ५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    बारकाे आन्दाेलन अब ‘भर्चुअल’ माध्यमबाट

    काठमाडौं, ५ माघ । नेपाल बार एशोसिएशनले न्यायालयको विकृति, विसङ्गतिविरुद्ध गर्दै आएको आन्दोलन कोरोना भाइरस सङ्क्रमणको जाखिमका कारण ‘भर्चुअल’ माध्यमबाट गर्ने भएको छ।

    images

    बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण आन्दोलनको स्वरूप परिवर्तन गरिएको र यही माघ ६ गतेदेखि माघ १८ गतेसम्मका लागि आन्दोलनको भर्चुअल माध्यमबाट निरन्तरता दिने उल्लेख छ।

    बारले कोरोना सङ्क्रमणबाट आम कानुन व्यवसायी, सेवाग्राही, अदालतका न्यायाधीश, कर्मचारीलाई बच्न र बचाउनका लागि  आन्दोलन, धर्नाका कार्यक्रमलाई हाललाई आन्दोलनको स्वरूप परिवर्तन गरी भर्चुअलरूपमा गर्न लागेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल बार एसाेसिएसन

  • तेस्रो आँखा