• ट्रेण्डिङ्ग :
हिन्दु राष्ट्रको विषय आत्मसात नगरे कांग्रेसलाई घाटा : शंकर भण्डारी

हिन्दु राष्ट्रको विषय आत्मसात नगरे कांग्रेसलाई घाटा : शंकर भण्डारी


  • 3.1K
    SHARES
    • फाल्गुण ११, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.7K Views

    हिन्दु राष्ट्रको विषय आत्मसात नगरे कांग्रेसलाई घाटा : शंकर भण्डारी

    काठमाडौँ : नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले कांग्रेस सनातन हिन्दु राष्ट्रको पक्षमा नआए पार्टीलाई घाटा हुने बताएका छन्।

    images

    शुक्रवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग उनले कांग्रेस सनातन हिन्दु राष्ट्रको पक्षमा आउनुपर्ने बताएका हुन्। उनले देशलाई सनातन हिन्दु राष्ट्रको रुपमा आत्मसात नगर्नु दुर्भाग्य भएको भन्दै कांग्रेसले विगतको गल्ती सच्याउनुपर्ने माग गरे। 

    उनले बहुमत महासमिति सदस्यहरुले सनातन हिन्दु राष्ट्रको पक्षमा समर्थन गरेको भए पनि पार्टी नेतृत्वले सो कुरालाई आत्मसात् नगरेको बताए। उनले पार्टीले बहुमत महासमिति सदस्यको कुरालाई स्वीकार नगरेमा पार्टीलाई क्षति पुग्ने बताए।

    ‘सनातनीहरुको मूल मन्दिरको रुपमा रहेको देश यसलाई आत्मसात नगर्नु दुर्भाग्य हो। त्यसकारण कांग्रेसजस्तो राष्ट्रियताको विचार बोकेको पार्टीले यो विषयलाई हिजो गल्ती गर्‍यौँ‚ अब सच्याएर लोकतन्त्रवादी, राष्ट्रवादी पार्टीले यो विषय आत्मसात् गरौँ‚’ उनले भने‚ ‘लिखित रुपमा महासमितिका बहुमत सदस्यले हस्ताक्षर गरिसकेपछि नेतृत्वले अझै पनि यो कुरालाई आत्मसात् गरेर खुला रुपमा स्वीकारिरहेको अवस्था छैन तर यसले पार्टीलाई क्षति पुग्छ।’

    उनले संसारका अति समृद्ध मुलुक र अति विपन्न मुलुकहरुले देशको स्वधर्मलाई अवलम्बन गरेका भन्दै नेपाल पनि सनातन हिन्दु राष्ट्र हुनुपर्ने बताए। राजनीतिक स्वार्थका कारण सो मुद्दालाई ओझेलमा पार्नु नहुने उनले बताए।


    तेस्रो आँखा