प्रसूति गृहबाट बच्चा चोरीको आरोपीले भनिन्–‘जंगलमा भेटेको हुँ’

प्रसूति गृहबाट बच्चा चोरीको आरोपीले भनिन्–‘जंगलमा भेटेको हुँ’


  • 3.8K
    SHARES
    • फाल्गुण १२, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.8K Views

    प्रसूति गृहबाट बच्चा चोरीको आरोपीले भनिन्–‘जंगलमा भेटेको हुँ’

    काठमाडौँ । काठमाडौँको थापाथली स्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट बच्चा चोरेको आरोपमा प्रहरीले मनीषा भनिने मनकुमारी सिंहलाई पक्राउ गरेको छ । सिंह दैलेखकी स्थानीय हुन् । 

    images

    जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेपछि सुरुमा सिंहले आरोप अस्वीकार गरिन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनिन्–‘जंगलमा भेटेर ल्याएको हुँ ।’ तर, चोरी गर्दाको हुलिया र कपडा म्याच भएपछि प्रहरीले मनकुमारीलाई पक्राउ गरेको छ । मनकुमारीका पतिलाई पनि सोधपुछका लागी बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । उनले भने–‘चोरीमा अहिलेसम्म श्रीमानको भूमिका देखिँदैन ।’ 

    चोरीमा संलग्न आरोपमा मनकुमारी र अर्की एक जना महिला अहिले टेकुस्थित काठमाडौँ प्रहरीको कस्टडीमा छन् । प्रारम्भिक अनुसन्धानबाट लामो समय बच्चा नभएपछि मनकुमारीले बच्चा चोरेको थाहा भएको छ । यसअघि ३ पटक सम्म बच्चा खेर गएको उनीहरूले प्रहरीसँग स्वीकार गरेका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘लामो समय बच्चा नभएपछि चोरी गरेको देखिन्छ ।’ 


    तेस्रो आँखा