• ट्रेण्डिङ्ग :
टिकटक खुला गर्ने इन्टरनेट कम्पनीसँग प्राधिकरणले माग्यो स्पष्टीकरण

टिकटक खुला गर्ने इन्टरनेट कम्पनीसँग प्राधिकरणले माग्यो स्पष्टीकरण


  • 2.8K
    SHARES
    • फाल्गुण १२, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.3K Views

    टिकटक खुला गर्ने इन्टरनेट कम्पनीसँग प्राधिकरणले माग्यो स्पष्टीकरण

    काठमाडौं । टिकटक बन्द नगरेको भन्दै केही इन्टरनेट सेवा प्रदायक कम्पनीसँगै नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्टीकरण मागेको छ। केही सेवा प्रदायकले टिकटक खुलाएको भन्दै प्राधिकरणले उनीहरूसँग जवाफ माग गरेको हो।

    images

    सरकारको निर्णय कार्यान्वयन गर्न जारी भएको निर्देशन अटेर गरेका कम्पनी दूरसञ्चार ऐन २०५३ बमोजिम कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ ।

    सामाजिक सद्भाव भड्किने गतिविधि भएपछि सरकारले गत कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाएको थियो। यससँगै प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो। प्राधिकरणले टिकटक चलेका पाए [email protected] मा खबर गर्नसमेतआग्रह गरेको छ।

    NTA-notice-768x1123_YIA5LSyRTk.jpg
    undefined


    तेस्रो आँखा