• ट्रेण्डिङ्ग :
परराष्ट्र मन्त्री साउदले अयोध्यामा पाँच प्रकारका आभूषण समर्पण गर्ने

परराष्ट्र मन्त्री साउदले अयोध्यामा पाँच प्रकारका आभूषण समर्पण गर्ने


  • 3.4K
    SHARES
    • फाल्गुण १२, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.2K Views

    परराष्ट्र मन्त्री साउदले अयोध्यामा पाँच प्रकारका आभूषण समर्पण गर्ने

    काठमाडौँ । भारतकाे दिल्लीमा रहेका परराष्ट्र मन्त्री एनपी साउद अयोध्याको राम मन्दिर दर्शन गर्न जाने भएका छन् । भारत विदेश मन्त्रालयले आयोजना गरेको रायसिना संवाद कार्यक्रममा भाग लिन दिल्ली पुगेका मन्त्री साउद आज अयोध्या जाने भएका छन् । उनी दर्शन गर्ने क्रममा मन्दिरमा पाँच प्रकारको आभूषण समर्पण गर्ने बताइएको छ ।

    images

     

    ११ बजे दिल्लीबाट विशेष विमानले अयोध्याको महर्षि बालमिकी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने मन्त्री साउदलाई उत्तर प्रदेश सरकार मन्त्रीहरूले स्वागत गर्ने कार्यक्रम पनि रहेको छ । नेपालको सरकारी प्रतिनिधिको रूपमा अयोध्या मन्दिर दर्शन गर्नेमा पहिलो अधिकारी प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्धी समितिका सभापति राजकिशोर यादव हुन् । मन्त्री साउद दोस्रो हुन् ।

     

    मन्दिर प्राङ्गणमा श्रीराम जन्मभूमि तीर्थक्षेत्र ट्रष्टका महासचिव चम्पत रायसहित अन्य पदाधिकारीहरूले स्वागत गर्ने बताइएको छ । रामलालाको दर्शनको क्रममा त्यहाँका मुख्य पुजारीले विशेष पूजा गराउने बताइएको छ ।

     

    परराष्ट्र मन्त्री साउदले मन्दिरमा दर्शन पछि नेपाली जनताको तर्फबाट उनले पाँच प्रकारको विशेष गहना रामलालाको प्रतिमाको लागि अर्पण गर्ने छन् । चाँदीले बनाइएको यस आभूषणहरूमा तीर धनुष, गदा र शृङ्गारका सामानहरू छन् ।

     

    त्यसपछि परराष्ट्र मन्त्री साउद सरयू घाटमा साँझ हुने सन्ध्या आरतीमा सहभागी हुने कार्यक्रम रहेको छ । योसँगै उनले अयोध्यामै रहेको हनुमानगढीमा पनि विशेष पूजा गर्ने कार्यक्रम र

    3_RKVl62thOb.jpg
    1-(1)_ytQ5oR9nL1.webp

    हेको छ ।


    तेस्रो आँखा