• ट्रेण्डिङ्ग :
कारको ठक्करबाट साइकल यात्रीको मृत्यु

कारको ठक्करबाट साइकल यात्रीको मृत्यु


  • 4.3K
    SHARES
    • फाल्गुण १२, २०८० शनिबार
    • २ बर्षs अघि
    • 6.6K Views

    कारको ठक्करबाट साइकल यात्रीको मृत्यु

    कैलाली/कैलालीमा गएराति भारतीय नम्बर प्लेटको कारको ठक्करले एक साइकल यात्रीको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीएस ०८ जिबी ६५३७ नम्बरको भारतीय कारको ठक्करबाट लम्कीचुहा नगरपालिका –१ का ६० वर्षीय कुलचन्द्र जोशीको मृत्यु भएको हो । 

    images

    गाडीको ठक्करबाट गम्भीर घाइते भएका उहाँको टीकापुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको जनाइएको छ । लम्कीचुहा नगरपालिका –१० का ४२ वर्षीय भुवन जोशीले चलाएको सो कारले लम्कीचुहास्थित मोतीपुर चौकमा ठक्कर दिएको थियो । 

    पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदैगर्दा सो कारले जोशीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । 

    साइकलयात्रीलाई ठक्कर दिनुभन्दा अगाडि नै सोही कारले लम्कीचुहा नगरपालिका –६ मा दुई जनालाई ठक्कर दिएर भागेको थियो । ठक्करबाट ५५ वर्षीय मनिराम चौधरी र ५० वर्षीय ठग्गु चौधरी पनि घाइते हुनुभएको थियो । 

     घाइतेमध्ये मनिरामको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते दुवै जनाको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते मनिरामलाई आइसीयुमा राखेर उपचार भइरहेको प्रहरीको भनाइ छ । 


    तेस्रो आँखा