• ट्रेण्डिङ्ग :
‘मुलुकको विकासका लागि सीपमूलक शिक्षा आवश्यक छ’

‘मुलुकको विकासका लागि सीपमूलक शिक्षा आवश्यक छ’


  • 2.7K
    SHARES
    • फाल्गुण १२, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.2K Views

    ‘मुलुकको विकासका लागि सीपमूलक शिक्षा आवश्यक छ’

    काठमाडौँ, १२ फागुन । संयुक्त राष्ट्रसङ्का लागि नेपालका पूर्वस्थायी प्रतिनिधि प्राडा जयराज आचार्यले मुलुकको विकासका लागि सीपमूलक शिक्षा आवश्यक भएको बताउनुभएको छ ।

    images

    नवोदित विद्या कुञ्ज उच्च माध्यामिक विद्यालयको ३१औँ अभिभावक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पूर्वराजदूत आचार्यले मुलुकको विकासका लागि व्यावसायिक एवम् सीपमूलक शिक्षा आवश्यक भएको बताउनुभएको हो । उहाँले विज्ञान, गणित र अङ्ग्रेजी विषयलाई देशका शैक्षिक प्रतिष्ठानले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । 

    काठमाडौँ महानगरपालिका–२६ का वडा अध्यक्ष ख्यामराज तिवारीले नेपाल हरेक वस्तुले धनी मुलुक भएको भन्दै त्यसलाई सहीरुपमा उपयोग गर्न व्यावहारिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । गुणस्तरीय शिक्षाका लागि काठमाडौँ महानगरपालिका सहयोग गर्ने उहाँले बताउनुभयो । 

    त्यस अवसरमा वरिष्ठ कलाकार पशुपति शर्माले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा अभिभावकलाई सम्मान गरिएको थियो ।


    तेस्रो आँखा