रुकुम पश्चिममा मदिराले मातेका नातिद्धारा बाजेको हत्या

रुकुम पश्चिममा मदिराले मातेका नातिद्धारा बाजेको हत्या


  • 3.0K
    SHARES
    • फाल्गुण १२, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.7K Views

    रुकुम पश्चिममा मदिराले मातेका नातिद्धारा बाजेको हत्या

    रुकुम १२ फागुन/रुकुम पश्चिममा मदिराले मातेका नातिले बाजेको हत्या गरेका छन् । रुकुम पश्चिमको मुसिकोट नगरपालिका – १२ का ५१ बर्षीय हस्तराम खड्काको हत्या गरेको आरोपमा उनका नाति २३ बर्षीय डिल्लीराम खड्का पक्राउ परेका छन् । शुक्रबार बिहान साढे ६ बजेतिर जुम्लाबाङ बुगेरी सडक खण्डस्थित बैगारी ठाँटीदेखि त्रिबेणी तर्फ जाने सडकको छेउमा हस्तराम मृत अवस्थामा फेला परेका थिए ।

    images

    घटना अनुसन्धान गर्न जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको कमाण्डमा खटिएको टोलीले डिल्लीरामले लगाएतको चप्पलमा रगतदेखेपछि सोधपुछका लागि उनलाई दिउँसो नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा नाति डिल्लीरामले नै बाजे हस्तरामको हत्या गरेको स्वीकारी वयान प्रहरी समक्ष गरेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

    बाजेले नातिलाई रक्सी नखान भनेर संझाउन खाजेपछि भनाभन भएको र त्यही क्रममा नातिले बाजेलाई ढकलेर लडाए पछि दउरा प्रहरी गरि हत्या गरेको प्रहरीले बताएको छ । प्रहरी निरीक्षक खड्काले भने ‘ मदिराले मातेको नातिलाई संझाउन खोज्दा नातिको आक्रमणबाट बाजेको हत्या भएको खुल्छ ।’ हस्तराम खड्काको शब घरको झन्डै एक सय मिटर सडक खण्डमा फेला परेको थियो ।


    तेस्रो आँखा