• ट्रेण्डिङ्ग :
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ


  • 3.1K
    SHARES
    • फाल्गुण १२, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.8K Views

    श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

    काठमाडौं  १२ फागुन/ रोल्पामा श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । २८ वर्षीया मनकुमारी बुढाको हत्या गरेको आरोपमा उनकै श्रीमान् माडी गाउँपालिका–१, जयलखसेका ३२ वर्षीय भीमबहादुर बुढालाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

    images

    मादकपदार्थ सेवन गरेका भीमबहादुरले धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मनकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उता ओखलढुंगामा पनि आफ्नै श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । ४० वर्षीया ङिम्किमो शेर्पाको हत्या गरेको आरोपमा उनकै श्रीमान् सिद्धिचरण नगरपालिका–५, बिप्ल्याटेका ४० वर्षीय काजी शेर्पालाई गए राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

    काजीले कुटपिट गर्दा ङिम्किमो गम्भीर घाइते भएकी थिइन् । ओखलढुंगाकै सामुदायिक मिसन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

     


    तेस्रो आँखा