पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाए

 पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाए


  • 5.7K
    SHARES
    • माघ ६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 8.8K Views

     पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाए

    काठमाडौं, ६ माघ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।

    images

    अनेरास्ववियुका विद्यार्थीहरुले काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्डसहित प्रदर्शनसमेत गरेका थिए ।

    नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३/३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

    नयाँ मूल्यअनुसार एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ । आन्दोलनरत विद्यार्थी र प्रहरीबीच केहीबेर धकालाकेल भएको थियो। विद्यार्थीहरुलाई रोक्ने खाेज्दा प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।