• ट्रेण्डिङ्ग :
पहिलो मारुनी नाच प्रतियोगिता फागुन २६ मा

पहिलो मारुनी नाच प्रतियोगिता फागुन २६ मा


  • 2.9K
    SHARES
    • फाल्गुण १३, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.4K Views

    पहिलो मारुनी नाच प्रतियोगिता फागुन २६ मा

    काठमाडौँ, १३ फागुन । रसुवाको धैबुुङमा बागमती प्रदेशस्तरीय मारुनी नाच प्रतियोगिता हुने भएको छ । कालिका गाउँपालिका वडा नम्बर २ स्याउबारीमा रहेको पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङ्टाङको आयोजनामा यही फागुन २६ गते क्षेत्रीयस्तरको मारुनी नाच प्रतियोगिता हुने जनाइएको छ  । 

    images

    समाजको सांस्कृतिक समृिद्धको जीवित प्रमाणका रूपमा रहेका मौलिक बाजागाजा तथा नाचगान प्रवद्र्धन र लोकसंस्कृतिलाई जगेर्ना गर्नका लागि वर्तमान पुस्तालाई चेतना जगाउन नेपालमै पहिलो पटक मारुनी नृत्य प्रतियोगिता गर्न लागिएको रेडियो लाङटाङका सचिव गीता न्यौपानेले जिकिर गर्नुभयो  । 

    प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १५ हजार पुरस्कार प्रदान गरिने बताइएको छ । रेडियो लाङटाङले हालसम्म रसुवा र नुवाकोट जिल्लास्तरीय घाँसेगीत, रसुवा जिल्लास्तरीय लोकगीत र  वक्तृत्वकला तथा पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिता एवं उत्तरगया धाम र केरुङमा नेपाली श्रमिकको अवस्थाबारे सार्वजनिक छलफल कार्यक्रम आयोजना गरिसकेको छ । 


    तेस्रो आँखा