• ट्रेण्डिङ्ग :
आइफिल टावर मजदुरको हडताल समाप्त, पर्यटकका लागि खुला गरिने

आइफिल टावर मजदुरको हडताल समाप्त, पर्यटकका लागि खुला गरिने


  • 2.0K
    SHARES
    • फाल्गुण १३, २०८० आइतबार
    • २ बर्षs अघि
    • 3.1K Views

    आइफिल टावर मजदुरको हडताल समाप्त, पर्यटकका लागि खुला गरिने

    पेरिस । पेरिसको आइफिल टावर छ दिनको हडतालपछि आइतबार पर्यटकका लागि खुला हुने भएको छ । गत सोमबार यहाँ कार्यरत कर्मचारीहरु हडतालमा उत्रिएका थिए । 

    images

     विश्वभरका पर्यटकको आकर्षणको केन्द्र बनेको आइफिल टावरको सञ्चालक एसईटीईले शनिबार कर्मचारी युनियनसँग सम्झौता भएको जनाएको छ । पछिल्लो तीन महिनामा यो दोस्रो हड्ताल हो, जबकि यस गर्मीमा पेरिसमा ओलम्पिक खेलहरू आयोजना हुँदैछन्। 

    एसईटीईले पर्यटकहरुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै टिकटको पैसा फिर्ता गरिने जनाएको छ । बन्दका कारण करिब एक लाख पर्यटकले प्रवेश पाउन सकेका छैनन् ।


    तेस्रो आँखा